Monday, April 30, 2012

बागमती र म


बागमती फोहोर छ
त्यो भन्दा धेरै फोहोर छु म
अनगिन्ती आफै भित्रका डल बोकेको
बागमती भन्दा धेरै कालो मन भएको


डर लाग्छ मलाई बागमती गनायो भन्न
त्यो भन्दा धेरै गुना गनाएको छु म
असमर्तथा को दल दल मा फसेको छु म
तेसैले मेरो शरिर गनायको छ त्यो भन्दा धेरै

म बागमती जस्तो बन्न चाहन्थे
आफु माथिको फोहोर संधै पखाल्न तल्लिन
तर बागमती भन्दा निरिह छु म
आफु भित्रको फोहोर बटुलेर बसेको छु म


No comments:

Post a Comment