ट्रकसाहित्य
- "उकाली र ओरालीमा गुड्छ मेरो गाडी। चोखो माया लाइदेऊ कान्छी किनि दिउँला साडी" - ना २ ख २०८७
- "ड्राइभरको जिन्दगी स्टेरिङको भरमा, एउटी ल्याउने मन थियो जेठी छ घरमा" -बा १ ख ६१४२
- "आँखाबाट आँसु आएपनि मुस्कान दिएर चढ, तिमी मेरी कान्छी बुढी भएनि भाडा दिएर झर" -ना ३ ख ९८१६
- "मान्छे कहाँबाट कहाँ पुगिसक्यो, पिइसक्यो ब्रमाण्ड तन्तनी। हामी नेपाली मख्ख छौं, समाई टुप्पी, जनै र कन्दनी" - ना २ ख ५१५४
- "हेर्दा तिमी च्वाँक छौ मायालु, तर के गर्नु; लभलेटर चाहिँ अर्कैलाई लेख्छौ मायालु।" -ना २ ख ७३०९
- "कलम चले अक्षर बन्छ कवि बने कविता। धनी मररे श्रद्धान्जली गरिब मरे रमिता।" - ना २ ख २४६१
- ."१३ को फूल ८९ को माला, पछाडि झुण्डिने ड्राइभरको साला"- को १ ख १३८९
- "लक्ष्यबिनाको जिन्दगी, गन्तव्यबिनाको यात्रा सँधै अपूरो हुन्छ साथी" -ना ३ ख ९२७६
- "तिमी छुट्टियौ रोएर के काम? दाग लागिसक्यो धोएर के काम? आफ्नो बनाइसक्यो उसले अब मलाई छोएर के काम?" -ना २ ख ८५३०
- "पसिनाले साटेको आधार हुँ म, जसलाई मैंले हँसाउनु छ। ढुङ्गा प्रहार नगर मलाई ंैले मजदुरलाई बचाउनु छ"- ना ३ ख ७४२०
- "नेताज्यू, देखियो नयाँ नेपाल पनि। म त खाइइइइरन्छु नि !" -ना ४ ख ३३८२
- "टाढाबाट हिँडे वीरजञ्ज पुगेँ पथलैयामा भो श्रृङ्गार, बर्दिबासमा आँखा जुध्यो भारदहमा भो प्यार।" -ना २ ख २७६६
- "गाडी स्पिडमा छ ब्रेक तर हान्न बाँकी छ। तिमी मेरी भइसक्यौ तर सिन्दुर हाल्न बाँकी छ"। -ना २ ख ५७५०
- "आँसु दिनेलाई हाँसो देऊ साथ दिनेलाई हात। माया दिनेलाई मुस्कान देऊ धोका दिनेलाई लात" -ना ४ ख ७०२
- "मुर्खहरूबाट प्रशंसाको राग सुन्नुभन्दा बुद्धिमानी व्यक्तिको गाली सुन्नु बेस" - ना ३ ख ८१३५
- "पहाडको बाटो ड्राइभरको मर्म बुझेन कसैले, ट्रकमा जाऊँ है भनेको कान्छीलाई लगेछ बसैले" -ना ३ ख ७०६०
- "मुसुक्क मस्की नहेर कान्छी हरनको तालैमा, अचेलको ड्राइभर उत्ताउलो हुन्छ किस खाला गालैमा" -ना २ ख ८२४८
- "बादलमा बादल जुध्यो भने पानी पर्छ अरे, आँखामा आँखा जुध्यो भने लभ पर्छ अरे"
- "किन्न पनि गारो भयो श्रीमतिलाई फरिया, पहाडमा गाडी पुग्दा निराश भए भरिया"
- "सबैजना एकोहोरिएपछि मेरो के लाग्छ? गणेशमानका भेडाहरूलाई मेरो सलाम छ।"
- "फेविकोल गमले टाँस दर्होसँग जोड्ने भए, आइ लभ यु फिर्ता गर मलाई छोड्ने भए"
- "सतीले सरापेको यो देशमा, नेताहरू चिप्लेका छन् लिगलिगे रेसमा"
- "म सडकको राजा तिमी मेरी मनकी रानि। गणतन्त्र नेपालमा के होला हाम्रो प्रेम कहानी"
- "जनकपुरको माछा मलेखुमा पिस । अरूलाई मुस्कान ड्राइभरलाई किस "
- "ब्रेक लगाए गाडी रोकिन्छ, कन्डम लगाए एड्स जोगिन्छ "
- "गाडी चलाऊ होसमा , कन्डम लगाऊ जोसमा"
- "जल्ने जलिरहन्छ, २३४२ चलिरहन्छ"
- "ओ ब्रो बालै भएन, स्वास्नी पोइला गै थाहै भएन "
- "वान वान टर्निङ, वान वान वाइफ, ड्राइभरको जिन्दगी गोल्डेन लाइफ"
- "
तरुनी मुसुक्कै, पैसा भुसुक्कै "
- "
श्रीमती राख्नु टिपटप, दुइटा बच्चापछि फुलिस्टप "
- "
आँखा लाइस् कि जुत्ता खाइस"
No comments:
Post a Comment