Friday, May 10, 2013

चौतारिमा बस्ने त्यो पागल आइमाई
सायद चाडैनै आमा बन्दै छ
चाडैनै कसैलाई जन्मदिने छ उसले
उसको पेटको बच्चा पनि त आतुर छ
यो धर्तिमा ओर्लन
खुल्ला आकाशमुनी सास फेर्न
तेस्लाई के थाहा उस्ले फेर्ने
सासमा ओक्स्सिजनको भन्दा  बढी मात्रा गरिबीको हुनेछ
बाबुको ठेगान  नभएको उ कुनै मूलुकको नागरिक हुनेछैन
अनि उसले धाहा पाउने छ
उसले सोचे जस्तो रहेनछ यो पृथिबी
आमाको गर्भ जस्तो सुरक्षित काहा छ र यहाँ