Friday, January 27, 2012

श्री पन्चमी / सरस्वती पूजा / बसन्त पन्चमी को शुभकामना


आज विद्या / सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने  श्री  पन्चमी  ।  श्री पन्चमीको दिन बाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई  बसन्त पन्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले बिशेष पर्बको रुपमा सरस्वतीको मन्दिर तथा पुस्तकको पूजा गरेर मनाउछन ।
श्री पन्चमीको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ र साथै कुनै पनि नयाँ कार्य आज शुरु गर्नु शुभ हुने पनि बिश्वास गरिन्छ ।  यस दिनमा बालकहरुको पहिलो पटक नाक–कान छेड्ने पनि चलन छ ।
आजको दिन शिक्षक, विद्यार्थी, लेखक, कलाकार, पत्रकार आदि सिर्जनाकार हरुले आ-आफ्ना सिर्जनाका औजारको पूजा गर्नुका साथै सरस्वतीको तस्बीरमा पनि पूजा गर्ने चलन छ ।  आजको दिन राजधानीका बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ ।
                                                                                 सरस्वतीको आरधाना
Saraswati_poster (4)सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी !
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे !
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ,
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ,
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ,
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ,
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती
Saraswati_poster (5)
Saraswati_poster (6)

No comments:

Post a Comment